अनौठौ प्रेम: ८३ वर्षका दुलाहा र २७ वर्षीया दुलही !

एजेन्सी । प्रेममा कुनै उमेर हुँदैन भन्ने मान्यतालाई थप बलियो बनाउँदै इण्डोनेसियामा अनौठो प्रकारको विवाह सम्पन्न भएको छ ।

८३ वर्षका एक वृद्धले २७ वर्षकी युवतीलाई भित्राएका छन् । सुदरगो नामका व्यक्तिले नूरानी नामकी युवतीसँग जुलाईमा प्रेस सम्बन्ध कायम गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सुदरगोसँग केही समय बिताएपछि नूरानीले माया प्रेममा नजिक पनको अनुभूति गरिन् । दुवै जनाबीच कुराकानी बाक्लो हुन थाल्यो ।
सुदरगोले हरेक दिन लामो समयसम्म नूरानीले फोन गर्न थालेकी र त्यसै क्रममा दुवैजनाबीच प्रेम सम्बन्ध कायम भएको बताए ।

एकआपासमा नजिक भएपछि नूरानीले विवाहको प्रस्ताव राखिन् । वृद्धले प्रेम अस्वीकार गरेनन् ।

फलस्वरुप दुवै जनाबीच १८ तारेखमा धुमधामकाबीच विवाह समारोह सम्पन्न भएको छ । अहिले यो विवाहको चर्चा संसारभर चलिरहेको छ ।
आफ्नो उमेरको श्रीमान नखोजेर हाम्रो हजुरबाबासँग किन विवाह गरेको भनेर वृद्धका नातीहरुले प्रश्न गरेका छन् ।
प्रेम र उमेर एउटा होइनन् भनेर उनले सबैलाई जवाफ दिने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस