झापामा महिलाले तिम्ल्याहा सन्तान जन्माइन्, सबै स्वस्थ

झापा मेचीनगर-९ की एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्।मेचीनगर-९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो सन्तानका रुपमा दुई छोरा र एक छोरी जन्मिएको मनमोहन हस्पिटलका सञ्चालक समिति सदस्य डिआर कडरियाले जानकारी दिए।

सामान्तया ३६ हप्तामा बच्चा जन्मने भएपछि निर्मलाको ३५ हप्तामै अप्रेसन गरी बच्चा निकालिएको बताइएको छ।

आइतबार अपरान्ह जन्मिएका तीनवटै बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको मनमोहन हस्पिटलका एनएसथेसिया असिस्टेन अमरदीप यादवले जानकारी दिए।तीन बच्चामा दुई छोरा एक किलो ९ सय ग्राम, अर्काको १ किलो ६ सयग्राम रहेको बताइएको छ।

छोरीको तौल भने २ किलो रहेको बताइएको छ। डा.एकराज गौतम नेतृत्वको चिकित्सक टोलीले लगभग डेढघण्टा समय शल्यक्रियामार्फत बच्चा निकालिएको हो।

प्रतिक्रिया दिनुहोस