कलेज पढ्ने युवतीलाई सह–चालकले आन्टी भन्दा हाँस्ने युवकले भेटे राम धुलाई [भाइरल भिडियो]

काठमाडौं । सामान्यतया हामी सबैले सार्वजनिक बसमा यात्रा गरेका छौ । बेलाबेलामा यात्रु र सह–चालकका बीचमा झगडा भएका दृश्यहरु पनि हामीले देखेका छौं । झगडाका अनेक कारण हुन सक्छन् । भाडाका कारण भने धेरै नै विवाद सृजना हुने गर्छ । तर तपाईले कहिल्लै सोच्नु भएको छ । कुनै युवतीलाई आन्टी भनेकै कारण झगडा भएको सुन्नु भएको छ कि छैन ? यस्तै एक घटना भारतमा भएको छ । जहाँ एक युवतीलाई सह–चालकले आन्टी भन्दा झगडा भएको छ । भारत मध्य प्रदेशको भोपालको रोशनपुरामा हिजो राति ९ (स्थानीय समय) बजे भिड जम्मा भएको थियो । यहाँ दुई जना युवती मिलेर एक युवकको पिटाई गरिरहेका थिए ।

घटनाको जानकारी पाउँने वितिकै ट्राफिक प्रहरी आएर उनीहरुलाई नियन्त्रणमा लिएर गयो । मानिसहरु यो अनुमान गरिरहेका थिए कि ति युवकले युवतीहरुमाथि दुव्र्यवहार गरेका हुन सक्छन् । उनीहरुलाई चौकीमा लिएपछि प्रहरीले दुवै पक्षको बयान लियो अनी उनीहरु घर फर्कायो । चौकी इन्चार्ज वीरेन्द्र चौहानका अनुसार उनीहरु एउटै बसमा यात्रा गरिरहेका थिए । जब बस रोशनपुरा चौराह पुग्यो तब सह–चालकले आन्टी भाडा दिनुहोस् भन्दै दुई जना युवतीसँग पैसा मागेका थिए ।

उनले यस्तो भनेपछि बसमा भएका अन्य व्यक्तिहरु हाँस्न थालेपछि उनीहरुले सहन सकेनन् । हाँस्नेमध्यका एक जनालाई ति युवतीहरुले जबरजस्ती आफुसँगै बाहिर लिएर गएको बताइएको छ । उनीहरुले रातमा ति युवकलाई मिलेर कुटेका हुन् । अहिले यो विषयलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । विशेष कारणवश उनीहरुको नाम सार्वजनिक गरिएको छैन । तर उनीहरु एउटै कलेजमा पढ्ने विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस