नेपालमै भेटियो सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा (तस्बिरसहित)

रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिएका छन् ।

गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ त्यसैको नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस