जोडीले रेष्टुरेन्टबाट मगाए पोर्क करी, खानामा भेटियो मानिसको दाँत

एजेन्सी । हाटल रेष्टुरेन्टमा कति लापरवाही हुन्छ भन्ने उदाहरण हालै चीनको एउटा रेष्टुरेन्टमा देखिएको छ । नेपालमा मात्र होइन विदेशमा पनि त्यस्ता अपत्यारीला उदाहरण फेला पर्ने गरेका छन् । एउटा चिनियाँ रेष्टुरेन्टबाट एक जोडीले खाना घरमा मगाए । रेष्टुरेण्टको ब्यक्तिले होम डेलिभरी गरेर फर्कियो । तर त्यो जोडी खानेकुरा निकालेर खान थाले त्यतीबेला देखिएको एउटा दृष्यले उनीहरु झस्किए । खान भनेर प्लेटमा निकालेको खानामा मानिसको दाँत भेटिए पछि उनीहरुको होस उड्यो । तर त्यो घ ट ना पछि पनि त्यो रेष्टुरेन्टलाई भने का र वा ही नगर्ने निर्णय भएको छ ।

अनुसन्धान पछि खानामा फेला परेको त्यो दाँत रेष्टुरेन्टका कुनै पनि कर्मचारीको नभएको पुष्टि भएको हो । त्यस्तो देखिए पछि अनुसन्धान त गरिएको थियो यद्यपि, अनुसन्धानपछि रेष्टुरेन्टमा कुनै पनि प्रकारको का रवा ही नगर्ने निर्णय गरियो । रेष्टुरेन्टका म्यानेजरले त्यो दाँत आफ्ना कुनै पनि कर्मचारीको नभएको दावी गर्दै आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार भएको बताए । जसका कारण उक्त दाँत यहाँका कर्मचारीको नभएको स्पष्ट हुने बताए पछि का रवा ही नगरिने भएको हो ।

स्थानीय अधिकारीले रेष्टुरेन्टको अनुसन्धान पनि गरे । अनुसन्धानका क्रममा रेष्टुरेन्टमा लापरवाहीको कुनै प्रमाण फेला परेन । रेष्टुरेन्टमा सरसफाइको सबै नियम पालना गरिएको थियो । यसै आधारमा कुनै प्रकारको का रवा ही नगर्ने निर्णय गरिएको हो । रेष्टुरेन्टको रेटिङ पनि घटाइएको छैन ।

तर खानामा मानिसको दाँत फेला परेपछि खाना मगाएका ति जोडी स्टिफनी म्याकडोनघ र डेविड बरोजलाई निःशुल्का खाना दिने र उनीहरुले दिएको पैसा पनि फिर्ता गरिदिन स्थानिय सुरक्षा निकायले सिफारिस गरेको छ । जोडीले निःशुल्क खानाको प्रस्ताव भने अस्विकार गरे । यस्तै, रेष्टुरेन्टका म्यानेजरले अधिकारीले सबै कर्मचारीको दाँत परीक्षण पनि गरेको जनाएका छन् ।

कर्मचारी सबैका दाँत सलामत रहेकाले त्यो दाँत खानामा कसरी गयो भन्ने कुरा खुल्न सकेन । अनुसन्धानपछि अधिकारीले रेष्टुरेन्टमा सरसफाईको विषयमा कुनै प्रकारको लापरवाही नगरिएकोमा आफू सन्तुष्ट भएको उनले बताए । होटलको क्वालिटिको रेटिगं पनि ५ रहेको उल्लेख गरिएको छ । अहिले सम्म सो रेष्टुरेन्टमा कुनै ग्राहकवाट गुनासो पनि नआएको पाइए पछि अनुसन्धानकर्ताले कारवाही नगर्ने निर्णय गरेका हुन् । रेष्टुरेन्टको रेटिगं पनि घटाइएको छैन ।

प्रतिक्रिया दिनुहोस