काठमाडौं – आज साताको दोस्रो दिन सोमबार, नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
आइतबार प्रतितोला ९४ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।