नेकपा खुमलटार भेला सकियो, के- के भयो छलफल ?

काठमाडौं – सरकारले अध्यादेश ल्याएसँगै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको छ।

छलफल भोली बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कदम विरुद्ध एक मत भएर अगाडि बढ्ने भन्नेमा केन्द्रित रहेको खुमलटार निकट स्रोतले बतायो, ‘पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम हो। यस विरुद्ध बैठकमा रणनीति बनाएर अगाडि बढ्ने विषयमा छलफल भयो।’

खुमलटारको छलफलमा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली माथि अनुशासनको कारवाही गर्नेदेखि अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मका विषयमा छलफल भए पनि ठोस निर्णय नभएको स्रोतले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस