१५ अनमोल मनछुने भनाईहरु

मन छुने भनाईहरु भन्ने बित्तिकै, “कसैको मनमा उठेको भावना र मनमा आएको कुरा भनाई वा वचनको माध्यमबाट,  त्यी मनका कुराहरु शब्द बनेर बाहिरिन्छन । अनि सुन्दा हाम्रो मन हर्षित हुन्छ र स्वयंम आफ्नो मनको भावनालाई बुझेको झैँ लाग्छ भने” त्यस्ता भनाईहरुलाई हामी मनछुने भनाईहरु भन्ने गर्छौ ।

संसारमा यस्ता अनगिन्ति भनाईहरु भनिएका छन, जुन हामीले बिभिन्न माध्यमबाट पढ्न र सुन्न सक्छौ । यदि हामीले, त्यस भनाईको अर्थ बुझ्न सक्यौ भने त्यी भनाईहरुले हाम्रो मनको भावनालाई त बुझ्छन्नै, साथै ज्ञान पनि दिने गर्छन । यहाँ हामीले पनि हाम्रो भावनालाई बुझ्ने र ज्ञान दिने १५ मनछुने भनाईहरु प्रस्तुत गरेका छौ ।

१) तिमीले दुख दिय पनि जस्ले तिमी संग अलीकती पनि गुनासो गर्दैन, उसैले तिमीलाई सबै भन्दा बढि माया गरेको हुन्छ ।

२) छोराको परिक्षा विवाह पछि हुन्छ, छोरीको परिक्षा जीवनमा हुन्छ, श्रीमानको परिक्षा श्रीमती बिमार भयको अवस्थामा हुन्छ, श्रीमतीको परिक्षा समस्या आई पर्दा हुन्छ र दाजुभाईको परिक्षा लडाईको अवस्थामा हुन्छ ।

३) आफ्नो अभिमानलाई कहिले पनि उठन नदेउ र आफ्नो स्वाभिमानलाई कहिले पनि गिर्न नदेउ, किनकी तिम्रो अभिमानले तिमीलाई उठ्न दिदैन र तिम्रो स्वाभिमानले तिमीलाई गिर्न दिदैन ।

४) सके सम्म खराब संगत बाट टाढा हुनुस, किनकी संगतको असर तिमीलाई पर्छ तर बदनामी तिम्रो आमा बुवाको हुने गर्छ ।

५) प्रेमको सम्बन्ध हात र आँखा जस्तै हुनु पर्छ, जब हातलाई चोट लाग्छ, तब आँखाले आँशु झार्छ तब हातले पुछी दिन्छ ।

६) मौन र मुस्कान दुबै शक्तिशालि हथियारहरु हुन्, किनकी मुस्कानले धेरै समस्याहरुलाई हल गर्छ र मौनले धेरै समस्याहरुलाई टाडा राखन मदद गर्छ ।

७) मान्छेको अगाडी बुनम्रताले झुक्न जरुरि छ, तर यती पनी नझुक्नु कि उठनको लागि कसैको सहारा लिन परोस ।

८) यदि लक्ष्यमा पुग्नु छ भने आफ्नो साथी आफै बन, किनकी संगतिले तिमीलाई बहकाउने काम मात्र गर्ने छ ।

९) हातको रेखालाई हेरेर भाग्यमा विश्वास नगर्नस, किनकी भाग्य त हाथ नहुनेहरूको पनी हुने गर्छ ।

१०) मृत्यु पछी तिम्रो श्रीमती तिम्रो घर सम्म समाज मशानघाट सम्म र छोरा अग्निदान सम्म मात्र साथ हुन्छ, तर तिम्रो कमै मात्र येस्तो चिज हो जुन ईश्वरको अन्तिम निर्णय सम्म पनि तिम्रो साथ हुन्छ ।

११) मान्छेहरु भन्ने गर्छन जब कोई आफ्नो मान्छे टाडा जान्छ, तब मन  दुख्छ, तर म भन्छु जब कोई आफ्नो मान्छे नजिक भयेर पनि टाडा जस्तो व्यवहार गर्छ तब मन दुख्छ ।

१२) मान्छे बाट भुल हुनु प्रकृति हो, तेस्लाई स्वीकार्नु संस्कृती र तेस्मा सुधार गर्नु प्रगती हो ।

१३) अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनी गलत हुन सक्दैन, किनकी अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जीवनको सिख ।

१४) तिमी मनै देखी ठानेर त् हेर कि के गर्ने भनेर त्यसपछि तिम्रो दिमागले अनेक तरिका निकल्न सुरु गर्ने छ ।

१५) यदि खेतमा बाली लगाईएन भने प्रकृतिले तेस्मा घाँस फुस उगाई दिन्छ, ठिक त्यसैगरी यदि दिमागमा सकारात्मक सोच जगाईयेन भने नकारात्मक सोचले आफ्नो ठाउँ बनाई दिन्छ ।

प्रतिक्रिया दिनुहोस