संसारकै र्दुलभ संजोग बन्यो बिमलाको जन्मदिन, मृत्यु जितेर होस खुल्ने बित्तिकै पाइन् यस्तो सरप्राइज

काठमाडौं । बुटवलकी १८ वर्षीया बिमला परियारको १८ औं जन्मदिन अविष्मरणीय भएको छ । उनले अस्पतालको वेडमै जन्मदिन मनाएकी छन् । उनको जन्मदिनमा चिकित्सकहरु सहभागी भए । उनको जन्मदिनमै निकै जटिल शल्यकृया भएको थियो ।

शल्यक्रिया सफल भएको हुनाले बिमलाले आफ्नो आमाबुवाको साथमा त्यही दिन परेको आफ्नो जन्मदिन मनाएकी छन् । केही दिनअघि ब्रेनमा ट्यूमर पलाएर शल्यक्रियाका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी थिईन् बिमला । उनकोलागि जटिल शल्यक्रिया सफल भई नयाँ जीवन पाउँदै गर्दाको क्षण स्मरणीय बन्यो ।

आफ्नो करिअरकै पहिलो र दुर्लभ क्षण सिर्जना गरेका नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर यूरो सर्जन प्रा।डा। राजीव झा भन्छन्–‘कुरा बुझ्दा सोही दिन उनको जन्मदिन परेको रहेछ । जन्मदिनको दिन नै जटिल शल्यक्रियाको निर्णय लिएका कारण केही अशुभ पो हुने हो कि भन्ने चिन्ताले उनमा घर गरेको रहेछ ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसपछि झा नेतृत्वको टिमले शल्यक्रियापछि उनको जन्मदिनलाई उत्सवको रुपमा त्यही मनाइदिने निर्णय गर्यो । ६ घण्टा लामो अथक प्रयासपछि उनको शल्यक्रिया सफल भयो । बिहान ८ बजेदेखि सुरु भएको शल्यक्रिया सफल भएको ३ घण्टाभित्रै बिरामीको होस खुलिसकेको थियो ।

जब होस खुल्यो, सो बेला स्वास्थ्यकर्मीहरुले बिरामीको कोठा सिंगारिसकेका थिए । अपरेसनको पी डाबाट उठ्दै गर्दा बिमलाका लागि नर्भिक टिमले जन्म दिनको सरप्राइज गिफ्ट दियो । विमलाका आफन्त र नर्भिकका स्वास्थ्यकर्मीहरुले सुरक्षित ढंगले आइसियूमै विमलाको जन्मदिन मनाइदिए ।

‘मेरो जीवनमा अविस्मरणीय क्षण बनाइदिनुभएकोमा म नर्भिकका डाक्टर र नर्सहरुलाई जीवनभर सम्झिरहनेछु ।’ भावुक हुँदै विमलाले भनिन्–‘अस्पतालहरुले आफ्ना बिरामीलाई आफ्नै परिवारको सदस्य जस्तै व्यवहार गर्ने हो भने बिरामीलाई निको हुन पनि कुनै समय नलाग्ने मैले अनुभव गरेकी छु ।’

मेडिकल दुनियाँमा यस्तो घटना निकै दुर्लभ हुनेभन्दै डा। झा भन्छन्,‘बिरामीलाई अपनत्वको महसुस गराउन समेत हामीले उनको जन्मदिन मनाई दिएका हौं ।’ करिअरमा १५ हजार बढी अपरेसन गरिसकेका डा। झाले अपरेसनपछि होस खुलेलगत्तै बिरामीको बर्थ डे मनाइदिएको क्षण आफ्ना लागि स्मरणीय रहने र यस्तो घटना आफ्नो करिअरकै पहिलो रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस