सुनसान ठाउँमा यो रोकिएको कारमा यी ब्याक्तिले कुकुरसँग यस्तो हर्कत गरे की जुन दृश्य देखेर सबैका आखाबाट आशु झरे !

स्टेफोर्डशायर। इङल्याण्डमा प्रहरीले निकै भावुक बनाउने एउटा भिडियो जारी गरेको छ । भिडियोमा सुनसान ठाउँमा आएर एउटा कार रोकिछ र कारबाट एक व्यक्ति कुकुरसँग ओर्लिन्छन् । त्यसपछि त्यो कुकुरलाई बेवारिसे छोडेर त्यहाँबाट भाग्छन् । समस्यामा परेको कुकुरले कारको पिछा पनि गर्छ तर कुनै फाइदा हुँदेन । ड्राइभरले निकै निर्दयताका साथ उसलाई बेवारिसे छोडेर भाग्छन् । अहिले प्रहरीले ती ड्राइभरको खोजी गरिरहेको छ । यो घटनाको सिसिटिभी फुटेज हेरेपछि मानिसहरु निकै भावुक भइरहेका छन् । उनीहरुले ड्राइभरमाथि निकै आक्रोश पोखेका छन् ।

पुलिसले जारी गरेको सिसिटिभी फुटेज १७ डिसेम्बरको दिनको हो । यो ठाउँ ट्रेन्टथम शहरको एउटा सुनसान सडक हो । ती व्यक्तिले कुकुरलाई छाडेर फर्केपछि कुकुर पनि उनको पछिपछि आउँछ । तर, ती व्यक्तिले भाग्दै कारभित्र बसेर कारको ढोका बन्द गर्छन् । कुकुर कारमा जान निकै प्रयास गर्छ तर सक्दैन । कुकुर केही पर गएको बेला उनले कार अगाडि बढाउँछन् । आत्तिएको कुकुरले केही बेर कारको पिछा पनि गर्छ तर कुनै फाइदा हुँदैन ।

पछि यो कुकुर त्यहाँबाट हिँडिरहेका अर्का एक व्यक्तिले फेला पारेपछि उनले पुलिस र जनावरको लागि काम गर्ने संस्थामा खबर गर्छन् । जनावरको लागि काम गर्ने संस्थाले कुकुरलाई शेल्टर होम पठाएको छ र ती व्यक्तिको बारेमा जानकारी दिन आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस