त्यसपछि उनि मण्डपवाटै हराए….

काठमाडौं । दाइजोका कारणले मण्डपवाट भाग्दा एक युवाले उल्टै जरिवाना तिनुपरेको छ । मोटरसाइकल दाइजो नपाएर वरमाला भइसकेपछि मण्डप् छोडेर भागेका वेहुलालाई बेहुलीलै गजवको सजाय दिएकी छन् । दाइजोमा मोटरसाइकल नपाउँदा विवाहको आधा काम सकिएपछि मण्डपवाटै हराएका वेहुलालाई वेहुलीले दिएको सजाय रोचक छ ।

जन्ती लिएर वाजागाजा सहित गएका बेहुलालाई वेहुली पक्षकाले स्वागत गरे । मण्डपमा पनि बसे । वेहुला र बेहुलीले वरमाला पनि लगाए । सम्धी मिलन पनि भयो । तर वेहुलाले दाइजोमा मोटरसाइकल देखेनन् । जन्तीलाई वेहुलीकै घरमा छोडेर उनी हराए । यस्तो समाचारले दाइजो जस्तो गलत चलनले समाजका कसरी जरा गा’ढेको छ भनेर समेत प्रष्ट पार्छ ।

समाचार अनुसार भारत बिहारको नालंदा जिल्लाको हो । चंडी थाना इलाकाबाट सुहावन दास अपनो छोरा विजेन्द्रको लागि वुहारी लिन जन्ती सहित पुगेका थिए । वेहुलीको घर बिहारशरीफमा हो । वेहुलीका परिवारले वेहुला मोटरसाइकल नपाएका कारण मण्डप छोडेर हिडेको थाहा पाएपछि सवक सिकाउने उपाय अपनाए । उनीहरुले वेहुलाको वुवा र जन्तीलाई कतै जान नदिएर त्यहि राखे र प्रहरीलाई बोलाए ।

विवाहको कुरा चल्दा नै वेहुलाले मोटरसाइकल दाइजो माग्दै आएका थिए । तर वेहुलीले आफुहरु मोटरसाइकल दिन नसक्ने बताउँदै आएका थिए । तर पनि मण्डपवाटै वेहुला त्यसरी हराएपछि भने वेहुलीले नै अघि सरेर वेहुलालाई सजाय दिने तयारी गरिन् । दुलाहाका वुवा सहित ५ जनालाई ब’न्ध’क बनाइए ।

शनिवारको दिन छलफलमै समय वित्यो । वेहुली पक्षले बेहुला बोलाउन आग्रह गरे । त्यो सफल नभएपछि टाउन प्रहरी थानामा उजुरी दिइयो। घटनास्थल पुगे पछि भने वेहुलालाई बोलाइयो । वेहुला वेहुलीको घर पुग्ने बित्तिकै मण्डप छोडेर हराएका वेहुला माथि जाइलागे । त्यहाँ उनको रामधुलाई भयो।

प्रहरीले वेहुलालाई कु’टा’ईबाट बचायो। दुबै पक्षलाई थाना लगेर गयो। तर, दाइजोको लोभ गर्ने वेहुलासंग अब विवाह गर्दिन भन्ने निर्णय वेहुलीले सुनाइदिइन् । उनले यसरी दाइजोका कारण मण्डपवाटै हराएका वेहुलालाई सजाय दिनुपर्ने माग राखिन् । दुलहीको निर्णयपछि स्थानीय अगुवा, प्रहरी प्रशासनको प्रयासमा विहेमा लागेको खर्च वेहुला पक्षले दिने शर्तमा दुलाहाको परिवार घर पठाइयो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस