बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो

गोर्खाली खबर

काठमाडौं – आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि: हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ३ तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९५ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस