यस्ती छोरी जसले आमाको शवलाई दश वर्षसम्म फ्रिजरमा राखिन्, कारण थाहा पाए पर्नुहुनेछ चकित्

गोर्खाली खबर

बीबीसी । आफ्नो आमाको निधन भएको १० वर्ष सम्म पनि फ्रिजमा राखेकी एक महिला पक्राउ परेकी छन् । यो घटना जापानको हो । जापानकी एक महिलाले आफ्नी आमाको मृ’त शरीरलाई दश वर्षसम्म फ्रिजरमा राखेकी छिन्। ४८ वर्षकी युमी योसिनोले दश वर्षसम्म आमाको शवलाई फ्रिजरमा राखेको बीबीसीले जनाएको छ।

दश वर्षअघि आफ्नी आमालाई मृ’त भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको उनी बताउँछिन्। आमा र आफू बस्दै आएको टोक्योस्थित घर छाड्न मन नलागेर आमाको शव ती महिलाले फ्रिजरमा राखेको प्रहरी स्रोतलाई उल्लेख गर्दै जापानी सञ्चार माध्यमले समाचार छापेका छन्।

प्रहरीका अनुसार मृ’त महिलाको शरीरमा कुनै डाम देखिन्न। अधिकारीहरूले महिलाको निधन भएको समय र कारण पत्ता लगाइसकेका छैनन्। भाडा नतिरेका कारण योसिनोलाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव फेला पारेका थिए।

ती महिलाको शरीरलाई ब’ङ्ग्’याएर फ्रिजरमा कोचिएको पाइएको प्रहरीले बताएको छ। योसिनोलाई शुक्रबार टोक्यो नजिकैको शहर चिबाको एक होटलबाट गिरफ्तार गरिएको थियो। बीबीसी

यो पनिपढ़नु होस:काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता डाक्टर कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए ।

यसैबीच अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराएका थिए । त्यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गरेका थिए ।

‘मेरै समितिबाट १५६ वजटा कानुन जस्ताको तस्तै पारित भएको छ’ संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका पोखरेलले भने ‘सत्य निरुपण आयोगको म्याद थप्ने जस्ता सरकारले ल्याएका हरेक प्रस्ताव पारित भएको छ ।’ उनले अघि प्रश्न गरे ‘हामीले प्रधानमन्त्रीलाई कहाँ सहयोग गरेनौं, त्यस्तो कुनै (अवस्था) छैन, जहाँ हामीले असहयोग गरेको होस् ।’

प्रतिक्रिया दिनुहोस