पूर्वराजा ज्ञानेन्द्रको अहिले सम्मकै कडा चे’तावनी, कुर्सिका लागि नि’र्लज्ज भयौ सह्य हुन्न

काठमाडौं, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक घ’टनाक्रमलाई निकै कडा शब्दले वि’रोध गरेका छन् । उनले नेकपाका दुवै समुहले गरेका गतिविधिलाई कडा शब्दले वि’रोध गरेका छन् ।

उनले प्रचण्ड–माधव समूहले गरेको जनताको भावनाविपरीतको आ’मह’ड्तालप्रति वि’रोध जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनताको मन जितेर मात्र राजनीति गर्न सुझाएका छन् ।

उनले राजनीतिक दलका नेताहरुले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज तमासा देखाएको आ’रोप समेत उनले लगाएका छन् ।विहिवार सामाजिक सञ्जालमा एक ट्विट गर्दै पूर्वराजा ज्ञानेन्द्रले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने बताएका छन् ।

‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ’, उनले लेखेका छन्, ‘

सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन वि’रोधी कृयाकलापले ।’ ‘जनमतको अनादर गरी कुर्सिका लागि नि’र्लज्ज हुनु कदापी सह्य हुन्न’, उनले भनेका छन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् ।

जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

प्रतिक्रिया दिनुहोस