चलचित्र हेर्दा दर्शकको होश उड्यो ,क्यामराकै आगाडी डेलिभरी !

चलचित्रमा जति धेरै वास्तविकता र मौलिकता देखायो, त्यति नै चलचित्र हेर्न मज्जा आउँछ। वास्तविकता र मौलिकता देखाउने चलचित्रहरुले दर्शकहरुको मनमा छुट्टै स्थान बनाउन सक्छन्। यहि कारणले गर्दा धेरै निर्देशकहरु आफ्नो चलचित्रहरुमा वास्तविकता र मौलिकता देखाउने कोशिसमा हुन्छन्।

चलचित्रलाई उत्कृष्ट बनाउनकै लागि निर्देशक तथा कलाकारहरुले गरेका नयाँ-नया प्रयोग गरेका धेरै किस्साहरु छन्। यस्तै एक फरक नयाँ प्रयोग बारे यहाँ हामी चर्चा गर्दैछौं।

यहाँ चर्चा हुँदै गरेको किस्सा एक मलयालम चलचित्र ‘कालीमन्नू’को हो। सन् २०१३ मा आएको उक्त चलचित्रमा एक आमाले सन्तान जन्माउँदै गरेको वास्तविक दृश्य नै देखाइएको थियो। उक्त दृश्यमा देखिने अभिनेत्री श्वेता मेनन थिइन्।

खास के हो ?
‘कालीमन्नू’ चलचित्र मलयालम चलचित्र क्षेत्रका प्रसिद्ध निर्देशक ब्लेसीले बनाउँदै थिए। चलचित्रमा श्वेताले बच्चा जन्माउनुपर्ने थियो। त्यस समयमा श्वेता वास्तविकतामै गर्भवती थिइन्। जसकारण उनले त्यस दृश्यको लागि अभिनय गर्ने भन्दा पनि बच्चा जन्माएको वास्तविक दृश्य नै खिच्ने बोल्ड निर्णय गरिन्। क्यामराको अगाडी बच्चा जन्माउने कुरामा श्वेताका पति पनि सहमत थिए।

श्वेताले बच्चा जन्माउँदा उनको अगाडि तीन क्यामेरा राखिएको थियो। सुरक्षाको लागि सेटमा डाक्टर, नर्स र फिल्म सम्बन्धित टोली पनि उपस्थित थिए। श्वेताले बच्चा जन्माएको दृश्य निर्देशकले पूरा खिचेका थिए।त्यसरी खिचिएको उक्त दृश्य चलचित्रमा राखिएको थियो। ३ घण्टाको उक्त चलचित्रमा ४५ मिनेट श्वेताले सन्तान जन्माएको दृश्य नै राखिएको थियो।

प्रतिक्रिया दिनुहोस