यस्ता लक्षण देखिए भने नगर्नुहोस् वेवास्ता, हुनसक्छ ब्रे न ट्यु मरको समस्या

काठमाडौँ । सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ। कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ। कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ।ब्रेन ट्यूमर भएमा मानिसहरु सोच्ने गर्छन्, यसले दिमागलाई मात्र प्रभावित पार्छ, जबकी सत्यता फरक छ।

सम्पूर्ण शरीरको कार्यप्रणालीलाई संचालित गर्ने मस्तिष्कमा सानो गडबडी मात्र भएपनि यसले शरीरलाई नै प्रभावित पार्दछ । परिणामस्वरुप, शरीरले राम्ररी काम गर्न सक्दैन।

बे्रन ट्यूमरको हकमा यसले शरीरलाई गम्भीर प्रकारले हानी नगरेपनि यसको दुष्प्रभावबाट शरीर अछुतो रहन सक्दैन । किनकी जब मस्ष्किमा ट्यूमर पलाउँछ, तब शरीरमा विभिन्न किसिमको बदलाव देखिन थाल्छ।

ब्रेन ट्यूमरका कारण व्यक्तिको अनुहार वा शरीरको विभिन्न भाग धेरै जसो समय शुन्य हुने गर्छ । अझ, ट्यूमर ब्रेन स्टेममा छ भने यो समस्या अझै धेरै हुने गर्छ । यो त्यही स्थान हो, जहाँ मस्तिष्क मेरुदड्डको हड्डीसँग जोडिएको हुन्छ । र, यो ठाउँमा ट्यूमर भएमा शरीर शून्य हुन्छ, र मानिसले प्यारालाइसिस भएजस्तो महसुस गर्न थाल्छ।

ब्रेन ट्यूमर भएमा व्यक्तिलाई प्राय चक्कर आउने गर्छ। कयौ पटक चक्करकै कारण मानिस लड्न समेत सक्छ । खासगरी ट्यूमर सेरिबेलममा छ भने यसले शारीरिक सन्तुलनलाई समेत प्रभावित पार्न सक्छ।व्यक्तिलाई कोअर्डिनेश (समन्वय) गर्नमा समस्या हुन्छ। सेरिबेलममा ट्यूमर भएमा व्यक्ति

प्रायः लडखडाउने गर्छ।यसकै कारण व्यक्तिलाई हिड्नमा समस्या हुनुका साथै दैनिक कार्य गर्न तथा खानमा पनि समस्या हुने गर्छ। यसबाहेक, यदी ट्यूमर मस्तिष्कको भेसल गेन्ग्लियामा छ भने शरीरको पोजिशन पनि असामान्य हुन्छ।

ट्यूमर मस्तिष्कको पछाडीको भाग वा पिट्यूटरी ग्रन्थीको आसपास भएमा यसको सिधा असर आँखामा पर्छ । यसकै कारण व्यक्तिको आँखा धमिलो हुन्छ वा एउटै वस्तु दुईवटा देखिन थाल्छ।

जो मानिसको मस्तिष्कको ट्यूमर कपाल तन्त्रिकाको नजिक हुन्छ, त्यस्ता व्यक्तिको सुन्ने क्षमता लगभग गमाउँछ। यसबाहेक, उनीहरुलाई शरीर नियन्त्रण गर्नमा समस्या हुनुका साथै अनुहारको मांसपेशी कमजोर हुने, खाना निल्नमा समस्या हुनथाल्छ।ब्रेन ट्यूमरले व्यक्तिको सोच्ने तथा सम्झने क्षमतालाई प्रभावित पार्न सक्छ। ब्रेनको कुनै भागमा ट्यूमर भएमा व्यक्तिलाई बोल्नमा मात्र नभएर शब्द बुझ्न समेत समस्या हुनसक्छ।

त्यतिमात्र हैन, ब्रेन ट्यूमर मस्तिष्कको अघिल्लो भागमा छ भने यसले व्यक्तिको सोच र व्यक्तित्वलाई समेत विपरीत तरीकाले प्रभावित गर्छ।ब्रेन ट्यूमरको प्रभाव शरीरिक र मानसिक स्वास्थ्यमा मात्र नभएर व्यक्तिको स्वभाव पनि पर्न सक्छ।

विशेषगरी ,ब्रेन ट्यूमर फ्रन्टल लोबमा पुगेको छ भने व्यक्तिको स्वभावमा परिवर्तन आउन थाल्छ।किनकी यो अवस्थामा व्यक्तिले आफ्नो व्यवहारमा नियन्त्रण गर्न सक्दैन, जसका कारण व्यक्तिमा चिडचिडापन तथा उदासी बढ्न थाल्छ।

ट्यूमर मस्तिष्कको जुनसुकै भागमा किन नहोस्, यसले टाउकोमा दवाव उत्पन्न गर्छ। जसले गर्दा व्यक्तिलाई बेस्सरी टाउको दुख्नुका साथै वाकवाकी लाग्ने, उल्टी हुने गर्छ।यसका साथै,

अत्याधिक थकाई लाग्ने, शरीर सुस्त हुने, सुत्नमा समस्या हुने गर्छ। यसबाहेक यही दवावका कारण मानिस कोमामा जान सक्छ।हुन त ब्रेन ट्युमरमा टाउको दुख्नु सामान्य लक्षणमा पर्दछ। यो समस्या सुरुमा विहानको समस्या धेरै हुने भएपनि पछि पछि यो लगातार हुनथाल्छ। यो समस्या कहिलेकाही यति बेजोड तरीकाले हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन समेत गुमाउन सक्छ।

प्रतिक्रिया दिनुहोस