साताको पहिलो दिन सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ‍ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस:

हामीले पालेका जनावर परिवारको सदस्यभन्दा कम हुँदैनन् र हामीले ती जनावर दिन रात आफूसँगै होस् भन्ने चाहन्छौं । यसैकारण धेरै मानिसहरुले आफ्नो पाल्तु जनावरलाई आफू सँगै सुत्ने छुट दिएका हुन्छन् । कुकुर बिरालोलाई आफूसँगै सुत्नुु सामान्य भइसक्यो तर एक युवती सर्पसँग सुत्ने गरेको समाचार बाहिरिएको छ ।

ती युवती आफ्नो मायालु पाइथनलाई प्रत्येक रात आफू सँगै सुताउने गर्दथिन् । पाइथन उनको टाउकोदेखि खुट्टासम्मै फैलिएर सुत्ने गर्दथ्यो । एकदिन अचानक, उनको पाइथनले खाना खानै छोड्यो । आफ्नो मायालु पाइथनलाई के भयो भनी युवती भेटेनरी धाइन्।उपचारको क्रममा भेटेनरी डाक्टरले उनलाई सर्पको व्यवहारबारे थुप्रै प्रश्नहरु सोधिन् ।

महिलाले आफ्नो सर्पको अचम्मको सुत्ने तरिकाबारे जानकारी गराइन् । त्यतिबेलै भेटेनरी डाक्टरले उनलाई अझ थप प्रश्नहरु सोधिन् । बोरडम थेरापीका अनुसार विभिन्न तरिकाले परिक्षण गरेपछि भेटेनरी डाक्टरले उनलाई निकै डरलाग्दो सत्य बताइन् । उनको पाइथनले यसकारण खान छोड्यो किनभने उसले आफ्नो पेटलाई ठूलो खानाको लागि तयार पार्दै थियो ।

भेटेनरी डाक्टरले भनिन्, ‘तपाईंको पाइथन धेरैजसो तपाईंको शरिरमाथि चढ्छ र घस्रन्छ भने यसले वास्तवमा तपाईंको आकार मापन गरिरहेको छ । तपाईंलाई आक्रमण गर्नुपूर्व तपाईं कति ठूलो हुनुहुन्छ भनेर परिक्षण गरिरहेको छ । वास्तवमा पाइथनले उनलाई निल्ने तयारी गरिरहेको भनेपछि युवतीको होस नै उड्यो ।

डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन् तर छोड्न सकिनन् र अन्त्यमा आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाईन् ।

प्रतिक्रिया दिनुहोस