५ जनालाई एउटै बाइकमा बोकेर हेलमेट नै नलगाई तिब्र गतिमा कुदेका चालकलाई रोकेर प्रहरीले गरे सडक मै नमस्कार

एजेन्सी । भनिन्ट मोटरसाइकलको यात्रा निकै जोखिमयुक्त हुन्छ । त्यसैले मोटसाइकल चढ्दा धेरै नै सजकता अपनाउनुपर्छ । तर कतिपय अवस्थामा सडकमा एउटै मोटरसाइकलमा ४-५ जना ब्यक्ति सवार गरेका दृश्यहरु देख्न पाइन्छन् ।

१-२ जना चढ्दा त जोखिम हुने सवारीमा ५ जना चढेको अवस्थामा त्यो यात्रा कति सुरक्षीत होला ? यसैबिच भारतमा एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गरेको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

हनुमन्थ रायडुले चलाएको बाइकमा बच्चासहित पाँच जना सवार छन् । चालकले हेलमेटसमेत लगाएका छैनन् । चालक आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्रहरी चेकिङमा परेका हुन् । भारतकै एक प्रहरी अधिकारीले मंगलबार ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरकैयौँ पटक ट्वीट र ‘रि–ट्वीट’ गरिएको छ ।

त्यस्तै हजारौँ जनाले तस्वीरलाई ‘लाइक’ गरेका छन् ‘कमेन्ट’ गरेका छन् । उक्त तस्वीर आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा लिइएको हो । बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले (पुलिकसकर्मी) अरु के नै गर्न सक्छ र रु हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।’

प्रतिक्रिया दिनुहोस