विश्वमा सवै भन्दा छिटो उडने विमानको स्पिड २२२२ किमि प्रति घण्टा !! उक्त विमान सर्वप्रथम अमेरिकी राष्ट्रपतिसँग हुने !!

गोर्खाली खवर,

एजेन्सी, २७ चैत्र । केही समय पहिला आएको खवरमा क्यालिफोर्नियाको एक स्टार्ट–अप, अमेरिकाकी एयरफोर्सको साथ मिलेर एक सुपरसोनिक प्लेनको निर्माण गरिरहेको छ । जसको प्रयोग एयरफोर्सको लागि गर्न सक्छ । यस स्टार्टअपको नाम एक्जोसोनिक हो र यस स्टार्टअपले आफ्नो लो–बुम–सुपरसोनिक जेटवाट अमेरिकी मिलिट्रीलाई प्रभावित गरेको थियो ।

उक्त स्टार्टअपलाई अमेरिकी राष्ट्रपति तथा कार्यकारी एयरलिफ्ट निर्देशनालयवाट एक कन्ट्याक्ट प्राप्त गरेका छन् । उक्त सुपरसोनिक प्लेनको इनसाईड तस्विर भाईरल भइरहेको छ । रिपोर्टस्को अनुसार यस सुपरसोनिक जेटको प्रयोग अमेरिकी कार्यकारी शाखाको विशष्ट व्यक्तिहरुले गर्न सक्नेछन् ।

यो भन्दा वाहेक यस विमानको उपयोग अमेरिकाको प्रेसिडेंटलाई यता उता लैजाने काममा हुन सक्छ । उक्त प्लेनको कन्सेप्ट र टेक्निकल प्लान अरु कमर्शियल या विजनेस प्लेनमा जस्तो नहुने पनि जनाएको छ । ३१ सिट भएको लक्जरी प्लेनमा लक्जरी लेदर, काम गर्न लाई र आराम गर्नलाई प्राईभेट सुईट्स् को व्यवस्था गरेको छ ।

यसमा एक प्राइभेट सुईट्मा तीन यात्रिहरुको लागि एक मिटिंग रुम, भिडियो टेलिकन्फ्रेन्सिङ्ग तथा प्रेसको एड्रेस गर्ने सुविधा हुनेछ । यस प्लेनलाई मोर्डन एयरक्राफ्ट डिजाइनको जस्तो गरी तयार गरेको र यस प्लेनको सिटमा पर्सनल इलेक्ट्रोनिक डिभाईस होल्ड गर्नलाई स्पेस भएको र पारम्परिक सिटब्याक मोनिटर पनि फरक हुनेछ ।

उक्त प्लेन धनीको गति भन्दा दुईगुणा छिटो यानी २२२२ किलोमिटर प्रति घण्टाको गतिमा ज्यादै कम आवाजको साथ उड्न सक्छ । एक्जोसोनिक सीईओ नारिस टायले लो–वुम सुपरसोनिक फ्लाइट भविष्यमा यात्रा गर्ने सवै भन्दा राम्रो सुविधा सम्पन्न साधन हुन गइरहेको छ भनेका छन् । यो हाम्रो भविष्य हो र उक्त प्लेनले कुनै प्रदुशन पनि नगर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस