मदनकृष्ण श्रेष्ठलगायत सबै परिवारलाई काेराेना संक्रमण पुष्टि

काठमाडौं । बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।अभिनेता श्रेष्ठले कोरोना पुष्टि भएपछि आफूहरु घरमै आइसोलेसनमा बसेको बताए । उनीसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको हो ।

कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । श्रेष्ठको आज जन्मदिन पनि हो ।त्यस्तै नेपालमा आज एकैदिन १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १२ सय २७ र एन्टीजेनमा ५४ जना गरि १२८१ जनामा पोजेटिभ देखिएको हो ।

२४ घण्टामा ७ हजार १ पीसीआर र ५४७ जनाको एन्टीजेन परीक्षण भएको थियो । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ जसमध्ये २ लाख ७५ हजार ५५५ जना निको भएका छन् भने ३ हजार ९१ जनाको ज्यान गएको छ ।

सोही अवधिमा २५५ जना संक्रमणमुक्त भएका छन् भने ८ संक्रमितको ज्यान गएको छ । अहिले ७२ सय ९१ जना संक्रमित आइसोलेसनमा छन् । त्यस्तै कोरोना संक्रमणबाट एक स्टाफ नर्सको ज्यान गएको छ। उनलाई दाङमा कोरोना संक्रमण देखिएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान भेरी अस्पतालमा नि’धन भएको अस्पतालका मेडिकल सुपरीडेन्ट प्रकाश थापाले जानकारी दिए । मेसु थापाका अनुसार उनि ६ दिनदेखि अस्पतालमा उपचाररत थिइन्।

प्रतिक्रिया दिनुहोस