इतिहासमा पहिलो पटक यति धेरैले घ’ट्यो सुनको भाउ , तोलाको कतिमा झ’र्यो ?

काठमाण्डाै – सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ९२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

ट्याक्सी चालककी छोरी अस्मिताले पाइन स्वीजरल्यान्डमा दुई करोड बराबरको छात्रवृत्ति

काठमाडौं । मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महंगो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् । संसारको महंगोमध्ये एक र सुविधायुक्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न पाउने भएकी हुन् । जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्टमध्येको एक हो ।

सानैदेखि तीक्ष्ण बुद्धिकी अस्मिता कक्षा १० मा पढ्दा आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याकडोनाल्ड नेपालको समता स्कुल आएका थिए । नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृत्तिमा स्वीजरल्याण्ड लैजाने कुरा गरेका थिए ।

अस्मिताको पारिवारिक अवस्था न्युन हो । उनका बुबा ट्याक्सी चालक हुन् । उनले ट्याक्सी चलाएर परिवार र दुई छोरीलाई समता स्कुलमा पढाउँदै आएका छन् । अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।”

३.९ जीपीए ल्याएकी उनी १० कक्षामा हुँदा रिचर्ड म्याकडोनाल्डले मौखिक र लिखित परीक्षा लिएका थिए । करिब पाँचसय जनामा लिइएको परीक्षामा धेरैले भविष्यमा पाइलट, डाक्टरलगायत बन्ने भनेका थिए भने अस्मिताले म्युजिक भनिन् । म्याकडोनाल्डले सबैको फरक सोचाइकाबीच आएका मौखिक र लिखित कागज लगेका थिए । त्यसमध्ये अस्मिता छानिएकी हुन् ।

उनी सो कलेजमा जीसीएसइ पढ्ने भएकी छन् । अस्मितालाई स्वीजरल्याण्ड पढ्न जाने कुरा पहिला नै थाहा थियो । तर एकाबिहानै रूटिन अफ नेपाल बन्दमा उनको नाम आएको रहेछ । विश्वको महंगो कलेजमध्येको एक कलेजमा छात्रवृत्तिमा पढ्न पाएकोमा २ करोडको बधाई भनेर । उनले खुसी व्यक्त गर्दै भनिन्, “मैले नेपालमा कानुन विषय पढ्ने सोचेकी थिएँ । तर यस्तो राम्रो मौका पाएकी छु । खुसी छु ।”

समता स्कुल तथा फाउन्डेसनले सन् २००० बाट अंग्रेजी माध्यममा नर्सरीदेखि डिग्रीसम्म मासिक सय रुपैयाँमा पढाइ सञ्चालन गर्दै आएको छ । समता स्कुलका संस्थापक उत्तम सञ्जेलले समता स्कुलको बारेमा सबै जानकारी गराउँदा रिचर्ड म्याकडोनाल्ड धेरै खुसी भएका थिए । पछि प्रत्यक्ष उनी आफैँ काठमाडौं आएका थिए ।

समता स्कुलका संस्थापक उत्तम सञ्जेलले आइगलनमा पढ्दा वार्षिकसहित सबै शुल्क जोड्दा दुईकरोड हुन आउने बताए । “यो समताको सौभाग्य हो अबदेखि बर्षेनी एकजना विद्यार्थी त्यहाँ छात्रबृत्तिमा पढ्न जान पाउँनेछन् । बर्सेनी एकजना विद्यार्थीले त्यस्तो अवसर पाउनेछन् ।”

प्रतिक्रिया दिनुहोस