पत्निलाई कोरोना लागेपछि पति भागे, घरबेटीले घरबाट निकालिदिएपछि गर्भवती महिलाको भयो बेहाल

काठमाडौँ । काठमाडौँ । परिवारका सदस्यमा कोरोना संक्रमण भए थप रेखदेख र स्याहार गरिन्छ । तर झापाका एक पुरुषले आफ्नै श्रीमतीलाई कोरोना लागेपछि फरार भएका छन् । खबर हो मेचीनगर १३ स्थित चारआली बजारको । जहाँ भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएर फरार भएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष कृष्णराज सिग्देलका अनुसार को रोना सं क्रमण पुष्टि भएपछि घरबेटीले समेत बस्न नदिएको ती महिलालई श्रीमानले मंगलबार साझ चारआली स्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका हुन् ।

वडाध्यक्ष सिग्देलका अनुसार ती महिलाको उद्धार गरी एम्बुलेन्समा मेचीनगर नगरपालिकाले बनाएको कोभिड आईसुलेसन वार्डमा लगिएको भएता पनि आफन्तहरु कोही पनि नभएका कारण त्यहाँ राख्न असहज भएको बताइएको छ ।

हाल ति महिलालाई भद्रपुर मेची अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । यसअघि बिरामीलाई आफनो मान्छे बिना राख्न नमिल्ने भन्दै वडाध्यक्षलाई फोन मार्फत नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत कोभिड आईसुलेसन वार्डमा कार्यरत डाक्टरले लिन मानेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस