धनियाँका अपत्यारिला फाइदा, यस्ता राेगहरूकाे पनि अचुक औषधि जानिराखाैँ ! २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

काठमाडौँ । धनियाँ हाम्रो भान्सामा हुने एक चीज हो, जसले खानाको स्वाद र बासना बढाउने काम गर्छ । यसलाई हामी तरकारी, अचार र चटपटेलगायत चीजहरूमा प्रयोग गर्दछौँ ।

यो स्वादका लागि नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ । अर्थात् यसमा औषधीय गुण हुन्छ ।

टाउको दुख्ने समस्या छ भने धनियाँको पेस्ट टाउकोमा राख्नुहोस् यसले फाइदा गराउँछ । यसैगरी उसले पाचनसम्बन्धि समस्या भएकाहरूका लागि पनि फाइदा गर्दछ । पाचनप्रणालीसम्बन्धि तपाईँलाई कुनै समस्या छ भने धनियाँको पाउण्डर सेवन गर्नुहोस् ।

यसका अन्य फाइदाहरू यस्ता छन्

१. आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।

२. पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ । धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

३. यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।

४. यदि तपाईको पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस् निजात पाउनुहुनेछ ।

५. यदि तपाईको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईलाई चाँडै आराम मिल्छ ।

६. जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।

७. धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १र१ चम्चा बिहानरबेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।

८. सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एकरएक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस् ।

नियमित पिउनुस् धनियाँको पानी, फाइदै फाइदा

धनियाँलाई स्वादका लागि प्रयोग गरिन्छ । तर, धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउने काम गर्छ । त्यसका लागि नियमित धनियाँको दाना भिजाएको पानी पिउने गर्नुपर्छ ।

१. धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।

२. नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

३. धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

४. धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।

५. धनियाँको पानीमा भएको एस्कर्विक एसिड शरीरमा गएपछि एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ ।

हामीले धनियाँ अचार बनाएर पिसेर खान सक्छौ भने मसलाको रुपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

– धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

– धनियाँलाई स्वादका लागि प्रयोग गरिन्छ । तर, धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउन मद्दत गर्छ । त्यसका लागि नियमित धनियाँको दाना भिजाएको पानी पिउनुपर्छ ।

– नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउँछ ।

– धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।

– धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।

– धनियाँको पानीमा भएको एस्कर्विक एसिड शरीरमा गएपछि एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ ।

हरियाे धनियाँ खादा ध्यान नपुगे लिन सक्छ ज्यान

हरियाे धनियाँ प्रायः सबै परिकारमा उत्तिकै चल्ने गर्छ । दाल, तरकारी, अचार, माछा, मासु हाेस् कि अन्य जुनसुकै परिकारमा हरियाे धनियाँ काटेर राख्ने चलन छ । यसाे गर्दा खाना स्वादिस्ट हुनुका साथै कैयाैँ फाइदा पनि छन्, स्वास्थ्यका लागि ।

तर घरबाहिर बजारमा गएर विभिन्न परिकार, जस्तै चिकेनचिल्ली, चाट अादिसँग समेत हरियाे धनियाँ राखिएकाे हुन्छ । अझ कतिपयले त खाँदा धनियाको पात नै मागेर खाने बानी छ ।

यसरी बाहिर जथाभावी हरियाे धनियाँ खाँदा ध्यान पुगेन भने ज्यानै लिनसक्ने हुन्छ । सही तरिकाले नपखालिएकाे तथा पातमा देखिने/नदेखिने कीरा भएकाे हरियाे धनिया काँचै खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ ।

खाेज-अनुसन्धानबाट धनियाँको पातमा खतरनाक कीरा (टेपवर्म)काे फुल वा लार्भा हुने र त्याे खानासँगै पेटमा पुग्ने पत्ता लागेकाे छ । पेट हुँदै दिमागसम्म समेत उक्त टेपवर्म पुग्ने विज्ञहरु बताउँछन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ ।

भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूराे साइन्सेस (निमहान्स) का चिकित्सकले गरेको एक शोधमा यस्तो कुरा पत्ता लागेको हो । यस इन्स्टिच्युटमा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्कसम्बन्धी शोध भइरहेको बताइएकाे छ ।

यसै क्रममा धनियाँको पातमा किरा/जीवाणुकाे संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली वा नपकाएर खाएमा स्वास्थ्यका लागि निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुस : निमोनियाको यस्ताे लक्षण देखिए तुरुन्त डाक्टरको सम्पर्कमा जानुहाेस् नत्र आइपर्न सक्छ ठूलाे समस्या

निमोनिया खासगरी ५ वर्ष भन्दा तल र ६० वर्ष भन्दा माथिका उमेर समुहलाई हुने सम्भावना बढि हुन्छ । किनकी उनीहरुको प्रतिरक्षा प्रणाली अलि कमजोर हुने गर्दछ ।

निमोनिया एक गम्भीर प्रकारकाे रोग हो । यो रोग लागेमा फोक्सोमा पानी जम्नछ र फोक्सो सुनिने गर्दछ । समयमा नै लक्षणको पहिचान गरेर उपचार सुरु नगरे यो रोगले गम्भिर रुप लिन पनि सक्दछ ।

निमोनिया मुख्य रुपमा विषाणु वा जीवाणुको सकंमणबाट हुन्छ । यो ब्याक्टेरिया, भाइरस वा पेरासाइट्सको कारण पनि हुने गर्दछ । यसको साथै सुक्ष्म जीव, औषधी र अन्य रोगको कारणबाट पनि हुन्छ ।

यस्ता हुन्छन् निमोनियाको लक्षणहरू :

निमोनिया हुँदा फ्लु जस्तो लक्षण महसुस हुन्छ । यो लक्षण विस्तारै–विस्तारै तिव्ररुपमा विकास हुन्छ ।

निमोनियाको मुख्य कारण खोकी हो ।

रोगीले कमजोर र थकाई महसुस गर्छन् ।

बिरामीलाई ज्वरो आउनुको साथै पसिना आएर काम्ने पनि गर्छन् ।

बिरामीलाई सास लिन कठिनाई भएर तिव्ररुपमा सास लिन थाल्छन् ।

छातीमा दुखाई हुन्छ ।

बेचैनी महसुस हुन्छ ।

भोक कम लाग्छ ।

निमोनिया हुँदा साना बच्चामा देखिने लक्षणहरु,

साना बच्चाहरुलाई ज्वरोसँगै पसीना आएर काम्न थाल्छन् ।

बच्चाहरु जब धेरै खोक्न थाल्छन् ।

हेर्दै अस्वस्थ देखिन्छन् ।

खाना खान मान्दैनन्, भोकै महसुस हुँदैन ।

निमोनिया बैक्टीरियल, भाइरल, माइक्रोप्लाज्मा, एस्पिरेशन, फंगलजस्ता प्रकार हुन्छन् ।

के कारणले हुन्छ निमोनिया ?

भाइरस, ब्याक्टेरिया, फंगस वा अन्य जीवबाट निमोनिया हुन्छ ।

केही प्रकारका जीवाणुबाट र धेरैजसो निमोनिया गर्ने जीवलाई पत्ता लगाउन सकिदैन ।

निमोनिया भएपछि कुन अवस्थामा डाक्टरको सम्पर्कमा जाने

बिरामीको उमेर ६० भन्दा माथि भएमा

बिरामाीको बि.पी स्टोलिक १४० देखि डेस्टोलिक ९० भन्दा कम भएमा

बिरामीको सास छिटो चलेमा
सास फेर्न सहायताको आवश्यकता परेमा

रोगीको तापक्रम सामान्य भन्दा कम भएमा
बिरामीको ह्दयको गति ५० भन्दा तल र १०० भन्दा माथि भएमा । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस