कोरोनाको नयाँ भेरिएन्ट आयो !! तर नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन् : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले आफ्नो बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाली स्वरुप’ भनेर समाचार प्रकाशन गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस(सार्स–कोभ–२)को नयाँ स्वरुप फेला परेको सम्बन्धमा कुनै जानकारी नभएको समेत बताएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल च्याप्टरले नेपालमा कोरोनाका कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको छ । उक्त समाचारपछि नै विश्व स्वास्थ्य संगठनले नयाँ स्वरुपबारे प्रष्ट्याएको हो । विश्व स्वास्थ्य संगठनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा नेपालमा हालसम्म कोरोनाको तीन स्वरुप मात्रै पुष्टि भएको उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले आफ्नो उक्त सन्देशलाई ‘महत्वपूर्ण’ लेखेर साझा गरेको हो ।

डेली मेलले आफ्नो जुन २ को अङ्कमा ‘नेपाल भेरिएन्ट थ्रेट टु आवर होलीडे’ शीर्षक राखेर आवरण समाचार प्रकाशन गरेको थियो । बीबीसीले भने उक्त समाचारलाई ट्वीट गरेको थियो । कोरोनाभाइरसको नेपाली स्वरुपलाई लिएर बिदामा जान जोखिम उत्पन्न हुने आशयसहितको उक्त समाचार डेली मेलले प्रकाशन गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले भने नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन स्वरुप मात्रै पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले बी.१.१.७ लाई अल्फा, बी.१.६१७.२ लाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामाकरण गरेको छ ।

कोरोनाको तीन वटा स्वरुपमध्ये नेपालमा हाल डेल्टा(बी.१.६१७.२) स्वरुप तीब्र रुपमा फैलिएको छ । कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।

प्रतिक्रिया दिनुहोस