महिलालाई नै किन बढी हुन्छ थाइराइड रोगको समस्या ? यस्तो छ कारण र लक्षण!!

काठमाडौँ । थाइराइड भनेको एउटा ग्रन्थी हो। यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ। रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी-३ र ट्राइआयोडो थाइरोनीन टी–४ हर्मोन उत्पादन गर्छ।

सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ। थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो।त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ।तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन्। तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ।धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन्। यदि थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको,सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ।

थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ।यो शरीरको आफ्नै कारण अटो इम्युन ले हुने रोग हो। यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन।अथवा बढी काम गर्न दिँदैन। कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ। तर, केही समयपछि यो समस्या आफै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ।

थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ। तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ।महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो। बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ।यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ।त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ। अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ। गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ।

थाइराइडका लक्षण-अस्वाभाविक रूपमा तौल बढ्नु-गलगाँड आउनु-तनाव-छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव-कपाल झर्नु-छाला फुस्रो हुनु-मुटुको गति सुस्त हुनु-चाँडो थकाई लाग्नु-स्मरणक्षमता छिनछिनमा परिवर्तन भईरहनु र कमजोर-चिसो लाग्नु

प्रतिक्रिया दिनुहोस