कोरोनाको तेस्रो लहरका लागि तयार राख्न युवा चिकित्सकलाई अभिमुखिकरण

काठमाडौं – नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीले कोरोनाको तेस्रो लहरका लागि तयार रहन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ।कोरोनाको तेस्रो लहरका लागि तयार रहन कमिटीले युवा चिकित्सकलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो। हाल साताको एक पटक भर्चुअल मार्फत उनीहरुलाई अभिमुखिकरण गर्ने गरिएको संयोजक डा अनिल कार्कीले बताए।हालसम्म चार वटा सेशन सकिएको छ। पाँचौ हप्ताको कार्यक्रम आगामी आइतबार गरिने उनले जानकारी दिए। प्रत्येक सेशनमा १ सयदेखि १२० जनासम्म चिकित्सक सहभागी हुने गरेका छन्। अभिमुखिकरण कार्यक्रममा सबै चिकित्सकहरुले कोभिड महामारीको समयमा काम गर्दाको अनुभव समेत साट्ने गरेका छन्।

हाल कोरोना संक्रमितमा देखिएको कालो ढुसीको समस्या बारेमा पनि भारतका विशेषज्ञ मार्फत जानकारी दिइने गरिएको जुनियर डाक्टर कमिटीका सचिव डा हुलास अग्रवालले बताए।

यी ६ देशमा उडान खोल्ने सीसीएमसीको निर्णय
सरकारले नेपाली श्रमिक संख्या धेरै रहेका मुलुकको हवाई उडान पुन सुरु गर्ने निर्णय गरेको छ।बुधबार प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसी निर्देशक समितिको दोस्रो बैठकले नेपाली श्रमिक धरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो।बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस