चीनले लगायो क्रिप्टोकरेन्सीमा प्रतिवन्ध

काठमाडौं । क्रिप्टोकरेन्सी अर्थात् डिजिटल मुद्रा प्रयोजनमा चीनले प्रतिबन्ध लगाएको छ । गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको हो।

चीन क्रिप्टोकरेन्सी प्रयोजन र माईनिङका लागि विश्वमै अग्रणी मानिन्छ । गत वर्ष विश्वभरि उत्पादन भएको ६५ प्रतिशत बिटकोइन चीनमा माइनिङ गरिएको थियो। केम्ब्रिज विश्वविद्यालयको अध्ययनले सिचुवान प्रान्त दोस्रो सबैभन्दा बढी बिटकोइन माइनिङ हुने स्थान भएको देखाएको थियो।

अहिले विश्वबजारमा एक विटक्वाईनको मुल्य ६३,००० अमेरिकी डलर भन्दा माथि रहेको छ । विश्वका केहि देशले क्रिप्टोकरेन्सी प्रयोजनलाई वैधानिकता दिए पनि धेरै राष्ट्रहरुले मुद्रा स्फीति हुने औल्याउँदै वैधानिकता दिएको छैन । तर विश्वबजारमा क्रिप्टो करेन्सीको चर्चा रहिरहदा पीपल्स ब्याङ्क अफ चाइनाले हालै मुख्य ब्याङ्क र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको हो ।

बैंकको निर्देशन अनुसार क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गरिने छ । गत वर्ष विश्वभरि उत्पादन भएको ६५ प्रतिशत बिटकोइन चीनमा माइनिङ गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस