पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट ८२ को ज्यान गयो २४ सय बढि संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८२ को मृत्यु भएको छ भने   नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल  १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् ।

संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन् ।

पछिल्लो केहि साताभन्दा आज कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस