साधु वाल्मिकी बनेर आए केपीलाई माफी गर्छु – माधव नेपाल

काठमाडौं । विपक्षी गठबन्धनमा सामेल भएका नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् ।

शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको बताए ।

उनले भने केपी ओलीबाट मलाई प्रधानमन्त्रीसम्मको अफर आएको हो तर मैले जान्न भने म विपक्षी गठबन्धनको साथ र भरोसा तोड्न सक्दिन उनले थपे  संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।

नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारे । उनले भने यदि केपी ओली शुध्रिएर साधु बाल्मिकी भएर आए माफी पनि दिउला तर अहिलेलाई ओली तानशाही नै हो ।

उनले केपी ओलीबाट प्रधानमन्त्रीको अफर आएको सम्झदै भने ओलीले अफर गर्दा प्रधानमन्त्री तपाई बन्नुहोस देउवालाई हेरेको हेर्यै बनाउ पनि भन्नुभयो तर माधव नेपाल धोकेबाज होइन म ओलीको साथ दिएर बिपक्षीको साथ छाड्दिन ओली तानशाही हो जसले देशलाई नोक्सानी मात्र गर्छ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस