राउटे युवतीहरुमाथि यौन हिंसा गर्ने तीनजना जेल चलान

राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चौमनबहादुर घर्ती, मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई जिल्ला अदालत सुर्खेतले बुधबार पुर्पक्षको लागि जेल पठाएको हो ।

यसअघि तीन जनाले राउटे युवतीलाई मदिरा खुवाई होटलमा यौन हिसां गर्ने र भिडियो सार्वजनिक गरेका थिए ।
उनीहरूलाई प्रहरीले २३ जेठमा पक्राउ गरेको थियो । तीनै जनाले २१ जेठमा मनबहादुर पुनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा राउटे युवतीमाथि यौनहिंसा गरेका थिए ।

दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएपछि उनीहरू पक्राउ परेका थिए ।

यो पनि

रत्नपार्कको छेउकै आकाशेपलको भित्तामा बनाईएको रंगिन चित्र महानगरले मेटाएको छ । उक्त चित्रलाई अहिले छोपेर अहिले सेतो लेपन लगाईएको छ ।
साँझ हुँदै गर्दा रत्नपार्कस्थित आकाशे पुलमा मानिसहरुको हलचल बढ्दै थियो। सिमसिमे पानी परिरहे पनि मानिसहरु हातहातमा मैनबत्ती लिएर उभिएका थिए। उभिनेमा कोभिड १९ महामारीमा ‘फ्रन्ट लाइन’ मा काम गरेकाहरु थिए।

प्रहरीदेखि चिकित्सकहरु सबै हातमा मैनबत्ती लिएर लाम लागेका थिए।यस तश्विरमा समेटिएका कुराहरु यहि थिए । यो चित्र बनाउन ६ दिनको मेहनत थियो । मेहनत एकातर्फ छ यस तश्विरले वेग्लै संन्देश दिन्थ्यो । कोभिड महामारीमा खटिने फ्रन्टलाईनरलाई उर्जा दिने किसिमको थियो ।

दुर्जाङ्ग शेर्पासहित चार जनाले ६ दिन लगाएर चित्र बनाएका थिए। ४ जना त उनीहरुका लागि स्वयम सेवीका रुपमा खटिएका थिए। तर सो चित्र १७ दिनभन्दा बढी त्यहा सजिन पाएन । महनगरले अनाधिकृत चित्र भन्दै १७ औँ दिनमा हटाईदिएको छ ।

वडाको सिफारीस भएता पनि महानगरको काम वडाको हो ? भनेर महानगरले चित्र मेटाएको हो । महानगरभित्र महानगरको अनुमति बिना कतै पनि पेन्टिङ गर्न पाइँदैन। अहिले चित्रकारहरुले आफ्नो मेहनत मेटिएकोमा दुख पोखेका छन् । सामाजिक संजालमा धेरैले प्रश्न गरेका छन् । के हाम्रो देश कोभिडलाई जितेर नउठ्नु पर्ने हो ?

प्रतिक्रिया दिनुहोस