सर्यो प्रदेश २ को प्रदेशसभा

काठमाडौं । प्रदेश २ सभाको बैठक पुनः सारिएको छ । असार २३ गते बुधबारका लागि बोलाइएको प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

गत असार १ गते प्रस्तुत भएको आर्थिक बर्ष २०७८र७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सासदले अवरुद्ध गरेका थिए ।
उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो ।

तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो । अब २५ गते बैठक बस्नेछ । चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभा सचिव यादवले बताए ।

यो पनि पढ्नुहोस्

जीवन विकास लघुवित्त वित्तिय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर आज बुधवार बाँडफाँड भएको छ । आज भएको बाँडफाँडमा २० लाख १८ हजार ३०१ योग्य आवेदक मध्ये भाग्यमानी एक लाख ८४ हजार ८०१ जनाले शेयर प्राप्त गरेका हुन् । उनिहरु मध्ये ५ जनाले ११ कित्ता शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो । सर्वसाधारणका लागि आह्वान गरिएको प्राथमिक शेयरका लागि २० लाख १८ हजार ३०१ जनाको योग्य आवेदन परेको थियो । तर ६५ हजार ५३८ जनाको आवेदन भने रद्द भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

जीवन विकास लघुवित्तको शेयरमा आवेदन दिने मध्ये १८ लाख ३३ हजार ५०७ जनाको हात खालि भएको छ । संस्थाका ७६३ कर्मचारीले ३० हजार ४२० कित्ता शेयर प्राप्त गरेका छन् । त्यस्तै १३ म्युचुअल फण्डले ९८ हजार ८६५ कित्ता शेयर प्राप्त गरेका छन् ।
प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ । जस मध्ये संस्थापक समुह तर्फ ६७.५० प्रतिशत र सर्वसाधारण समुह तर्फ ३२.५० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस