आफ्नै निवासमा मारिए हाइटीका राष्ट्रपति

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको उनकै निजी निवासमा हत्या गरिएको छ । अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका हुन् । पोर्ट–एयू–प्रिन्समा रहेको उनको निवासमा अज्ञात बन्दुकधारीहरु स्थानीय समयअनुसार १ बजे प्रवेश गरी उनको हत्या गरेको जोसेफले बताएका छन् । घटनामा प्रथम महिला पनि घाइते भएको बताइएको छ । ५३ वर्षीय मोइस सन् २०१७ फेब्रुअरीदेखि सत्तामा रहेका थिए । उनलाई भ्रष्टाचारको आरोप लाग्दै आएको थियो भने उनको विरुद्धमा हिंसात्मक प्रदर्शनहरु पनि भएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले पार्टी भित्र देखिएको विवाद भोलीसम्म समाधान हुने एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् .अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलको सिंहदरबारमा आज बसेको बैठकपछि ज्ञवालीले भोलिसम्म निष्कर्षमा पुग्ने तयारी रहेको बताए। यसअघि पार्टी एकिकरणका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकिकरणका लागि पार्टीलाई जेठ २ मा फर्काउने घोषणा गरेका थिए ।

ज्ञवालीले छलफल सकारात्मक ढंगले अगाडि बढेको पनि बताए। उनले छलफल निष्कर्षउन्मुख रहेको बताएका छन्। ‘भोलि टुंग्याउने गरी हामी लागेका छौं,’ उनले भने।
सर्वोच्चमा प्रतिनिधि सभा विघटन बिरुद्दको मुद्दको फैसला एक हप्ता पछाडी आउने भनेर राखेको अवस्थामा फैसला अगाडीनै एमाले एकिकरण गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस