स्विडेनको नाटोमा टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगान समावेस हुने

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो ।  स्विडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्विडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो ।

प्रतिक्रिया दिनुहोस