मारिएकाहरूको शव संकलन गर्न इजरायली क्षेत्रलाई कठिनाई

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतंककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव संकलन कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ । उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । यहाँको सुरक्षानिकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ ।
मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतंककारीका यस्ता कार्यले यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।

प्रतिक्रिया दिनुहोस