बंगलादेशद्धारा भारतसँग भिसामुक्त सम्बन्ध विस्तारमा जोड

ढाका— बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले आगामी दिनमा दुवै देशका यात्रुहरूका लागि भारतसँग भिसामुक्त सम्बन्ध स्थापना गर्न खोजेको बताएका छन् ।

‘दुवै देशले भिसा प्रक्रियाको द्रुत समाधानका साथ भिसामुक्त भारत—बंगलादेश सम्बन्धको अपेक्षा गरिरहेको बताएका छन् ।

मोमेनले भने, ‘बंगगलादेश—भारत सम्बन्धको ऐतिहासिक पाइला पछ्याउँदै, दुई देशले द्विपक्षीय व्यापार, शिक्षा, संस्कृति, समाज र प्रविधिमा पारस्परिक उत्कृष्टताका लागि काम गरिरहेका छन्।’

टिस्टाको पानी बाँडफाँडमा बंगलादेश र भारतको साझा सिद्धान्त रहेको र यसको समाधान छिट्टै हुने उनले बताए ।

बंगलादेश र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुमधुर बनाउने र दुई देशको शिक्षा, संस्कृति र व्यापार क्षेत्रको विकास गर्ने उद्देश्यले चारदिने ‘बंगलादेश–भारत मैत्री संवाद’ आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा बंगलादेशबाट ६ मन्त्री र २० सांसदले भाग लिएका थिए भने भारतबाट १४० सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस