भारतको गुजरात प्रान्तद्वारा १८ दशमलव ७५ बिलियन अमेरिकी डलरको लगानी सम्झौतामा हस्ताक्षर

अहमदाबादः भारतको पश्चिमी प्रान्त गुजराhttps://theprint.in/india/indias-gujarat-signs-investment-pacts-worth-18-75-billion-with-several-firms/1894632/तमा निर्माण गर्ने परियोजनाहरूका लागि कुल १८ दशमलव ७५ बिलियन अमेरिकी डलरको प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताको एक भागको रूपमा, वेलस्पन इन्टरप्राइजेजको एक शाखाले ५ दशमलव ११ बिलियन डलर लगानी गर्नेछ । यो लगानी प्रान्तमा (हरित) हाइड्रोजन र ग्रीन अमोनिया सुविधाहरू निर्माण गर्न प्रयोग हुनेछ ।

हस्ताक्षर भएका सम्झौताहरूमा राज्य समर्थित आवास तथा शहरी विकास निगमसँग १४५ अर्ब रुपैयाँ (१ दशमलव ७४ अर्ब डलर) ऋण प्रवाह गर्ने र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकसँग २६० अर्ब रुपैयाँको ऋण उपलब्ध गराउने सम्झौताहरू पनि परेका छन् ।

गत हप्ता, गुजरातले एक परियोजनाको स्तरोन्नति गर्न १२५ अर्ब रुपैयाँको स्टिल निर्माता आर्सेलर मित्तल निप्पोन स्टिल इन्डियासँग सम्झौता गरेको थियो ।

लगानीमा सम्झौता गरेका वेलस्पन, आर्सेलर मित्तल, हाउजिङ एण्ड अर्बन डेभलपमेन्ट र नेशनल बैंकले कार्यालय समय पछि प्रतिक्रिया लिन खोज्दा कोही पनि उपलब्ध भएनन् ।

प्रतिक्रिया दिनुहोस