प्रधानन्यायाधीश राणाप्रति महेश बस्नेतको आक्रोश, देश द्वन्द्वमा जाने चेतावनी

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले सोमबार संवैधानिक इजलासबाट भएको फैसलाका सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाप्रति चर्को आक्रोश प्रकट गर्दै फैसला नमान्ने चेतावनी दिएका छन् । बस्नेतले फैसलाका कारण देश द्वन्द्वमा प्रवेश गरेको घोषणा पनि गरेका छन् ।

फैसलापछि सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलमा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा बस्नेतले प्रधानन्यायाधीश राणाले जहानीया राणा शासनको शैलीमा फैसला गरेको आरोप लगाउँदै ‘उनको थर राणा भएको भरमा राणा शासन नमान्ने’ चेतावनी दिए ।

युवा संघका पूर्व अध्यक्ष बस्नेतले उक्त फैसला संवैधानिक इजलासले गरेको नभई ‘शम्भु थापा र रमण श्रेष्ठहरुले’ गरेको आरोप पनि लगाए । उनले अर्को पार्टीको सांसदको मतले कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे ।

बस्नेतले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन उल्टाउँदा देश द्वन्द्वमा गएको भन्दै अहिले प्रधामनमन्त्री केपी शर्मा ओलीले गरेको विघटन उल्टाएर फेरि देशलाई द्वन्द्वमा धकेलेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस