साउन १ गतेदेखि लामोदूरीका सवारीसाधन चल्ने,

बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा उपत्यका भोलि सकिँदै छ । निषेधाज्ञाको शुरुआती चरणमा अत्याधिक कडाइ गरिए पनि महामारीको अवस्था हेरेर खुकुलो बनाउँदै गएको प्रशासनले साउन १ गतेदेखि लामोदूरीका सवारीसाधन समेत चल्न पाउने गरि निर्णय गर्ने बताइएको छ ।

अघिल्लो सातादेखि स्वास्थ्य मापदण्ड अपनाएर उपत्यकाभित्र सवारी साधन चल्न दिइएको छ । अधिकांश पेशा, व्यवसायलाई पनि स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिइएको छ ।

आज जनआस्थासँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भोलि प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर लामोदूरीका यातायात खुलाउने बिषयमा छलफल गरिने बताउनुभएको छ । उहाँले भोलिको बैठकमा शिक्षण संस्था तथा मनोरञ्जनात्मक क्षेत्रको बारेमा थप छलफल भए पनि तत्काल खुल्न नसक्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस