बालुवाटारमा बस्दै कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बालुवाटारमा बस्ने भएको छ । शुक्रबार दिउँसो दुई बजे बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकारको प्रभावकारिताका बारेमा छलफल हुने जनाइएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले अहिलेसम्म गरेको कामको विवरण पेश गर्ने र विवादित क्षेत्रको समस्या सुल्झाउन पदाधिकारीलाई जिम्मा लगाउने बुझिएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो ।

कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ ।

जवाफमा नेता नेपालले सरकारमा सहभागी हुन कानुनी जटिलता रहेकाले केही समय लाग्ने बताउँदै आउनुभएको छ । गठबन्धनमा नेपाल समूहलाई आठ वटासम्म मन्त्रालय दिने विषयमा नेताहरूबीच सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस