प्रचण्डलाई भ्याई नभ्याई, माधव नेपाल र उपेन्द्र यादवलाई भेटेपछी पुगे बालुवाटार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् । भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि जसपाको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने तयारीमा छ । एमालेको माधव पक्षलाई पनि सरकारमा सहभागी गराउन नेताहरूले प्रयास गरिरहेका छन् ।
नेताहरूले यस विषयमा गठबन्धनको बैठक बसेर छलफल गरेका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र उपेन्द्र यादवसँगको वार्ता पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।
कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका छन्।
प्रधानमन्त्री देउवाले यो साता मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्।

प्रतिक्रिया दिनुहोस