राजको बिरुद्धमा मुद्दा हालेकी पुनमले भनिन्, ‘शिल्पा र बच्चाको अवस्था कस्तो होला’

राज कुन्द्रा २३ दिनसम्म हिरासतमा बस्नुपर्ने भएपछि पुनम पाण्डेले आफ्नो प्रतिक्रिया दिएकी छिन् ।भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘यस समयमा मेरो मन शिल्पा शेट्टी र उनका बच्चाहरूसँग छ । म कल्पना गर्न सक्दिन कि उनी र उनका बच्चाहरुको अवस्था अहिले कस्तो छ । त्यसैले , राज जेल परेको कुरालाई लिएर म चर्चामा आउन अस्विकार गर्छु ।’

हो मैले २०१९ मा नै राज कुन्द्राको बिरूद्ध पुलिस उजुरी गरें र पछि धोखाधडी र चोरीको आरोपमा बम्बईको माननीय उच्च अदालतमा मुद्दा दर्ता गरें। यो कुरा सब न्याय हो, त्यसैले म मेरो बयान सीमित गर्न चाहान्छु। साथै मलाई मेरो पुलिस र न्यायिक प्रक्रियामा पूर्ण विश्वास छ, ”उनले थपिन् ।

मुद्धा शिल्पातिर मोडियो

सोमबार अबेर राती गिरफ्तार गरिएका राज कुन्द्राको केसको अनुसन्धानको क्रममा पुलिसले अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ गर्न सक्ने बताइएको छ ।शिल्पा धेरैजसो व्यवसायमा राज कुन्द्राकी पार्टनर हुन् । यो व्यवसायमा पनि शिल्पा उनकी पार्टनर भएको हुन सक्ने आशंकामा अनुसन्धानको सुइ शिल्पातर्फ सोझिएको हो ।

मुम्बइ पुलिसले छिटै शिल्पालाई सोधपुछको लागि उपस्थित हुनको लागि कानुनी नोटिस पठाउने अनुमान गरिएको छ ।पुलिसले मंगलबार राज कुन्द्रालाई अदालत पेश गरेको छ । पुलिसले राज कुन्द्राका साथी रयान थारपलाई पनि मुम्बइको नेरुल इलाकाबाट पक्राउ गरेको छ ।

क्राइम ब्रान्चको प्रोपर्टी सेलले एक अज्ञात व्यक्ति र मध्यपूर्वका एक पोर्न माफियाबीचका केही कल इन्टरसेप्ट गरेको छ ।यी व्यक्ति अमेरिकी नागरिक हुन् । केही युवतीको बयान पनि लिइएको छ । युवतीहरुले आफूहरु अन्तर्राष्ट्रिय पोर्नोग्राफी गिरोहसँग फसेको बयान दिएका छन् ।

मुम्बइ पुलिसका कश्निर हेमन्त नागराले एक भारतीय अखबारलाई बताएअनुसार राज कुन्द्रा यस मामिलामा मुख्य योजनाकार हुन् र क्राइम ब्रान्चसँग उनीविरुद्ध ठोस प्रमाण छ ।उनलाई गिरफ्तार गरेर सोधपुछ भइरहेको छ । पहिले क्राइम ब्रान्चको प्रोपर्टी सेलले अनुसन्धान गरिरहेको भन्दै सोधपुछका लागि बोलाइएका राज कुन्द्रालाई गिरफ्तार गरिसकेपछि मात्रै पोर्न भिडियोको मामिलाको खुलासा गरिएको थियो ।

यस मामिलामा अहिलेसम्म राज कुन्द्रासमेत ११ जनालाई गिरफ्तार गरिसकिएको छ । राज कुन्द्राविरुद्ध गएको फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो ।पुलिसका अनुसार उनले पोर्न उद्योगमा ८ देखि १० करोड लगानी गरेका छन् । राज कुन्द्रा र उनका बेलायतमा बस्ने भाइले मिलेर बेलायतमै केनरिन नामको कम्पनी बनाएका छन् ।

फिल्म भारतमा खिचेर केनरिन कम्पनीलाई पठाइएको पाइएको छ । राजले आफैं कम्पनी बनाएर भारतको साइबर कानुनबाट बच्नको लागि विदेशमा दर्ता गराएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस