निर्वाचन आयोग र उपेन्द्र यादव बिरुद्दमा मुद्दा हाल्न महन्थ सर्वोच्चमा ( निवेदन सहित )

निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएर ‘हेडकाउन्ट’ का लागि बोलाएको निर्णय रोक्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । उनले हेडकाउन्ट रोक्न भन्दै निवेदनमा उपेन्द्र यादव र निर्वाचन आयोगलाई विपक्षी भनि लेखेका छन् । यसअघि लामो समय अघिबाट जसपा आधिकारीकता विवाद निर्वाचन आयोगमा थियो ।

रिट निवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति २०७८/४/७ गतेको आदेश उत्प्रेषणको आदेशद्वार बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोमिज जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७३/३ १ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी हेरफेरबाट कायम भएको केन्द्रीय कार्यकारिणी समितिको आधारमा विवाद निरुपण प्रक्रिया अगाडी बढाउनु भनी विपक्षीका नाममा परमादेशको आदेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरि पाउँ । साथै विपक्षी निर्वाचन आयोगको उक्त मिति २०७८/४/७ गतेको निर्णय आदेह उत्प्रेषणको आदेशले बदर गरी विपक्षी उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८/३/४ को दाबी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४(१) को प्रतिकुल रहेकाले सो गैरकानुनी दाबीको आधारमा कुनै निर्णय काम कारवाही नगराउनु भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाउँ ।’

प्रतिक्रिया दिनुहोस