जसपा विवाद आज टुंगो लाग्दै , कसले पाउला आधिकारीकता ?

काठमाडौं । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) को आधिकारिताबारे आज निर्णय गर्ने भएकाे छ ।

अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय गर्न लागेको हो । त्यसका लागि आयोगकाे इजलासले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन आदेश दिएकाे छ ।

जसपा आधिकारिकतासम्बन्धी विषयमा आयाेगकाे इजलासमा सुनुवाइ भइसकेकाे छ । अब फैसला सुनाउन बाँकी छ । फैसला सुनाउनुअघि आयाेगले जसपाकाे एकीकरण हुँदा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जना सदस्यलाई नागरिकताकाे सक्कल प्रतिसहित सनाखतका लागि उपस्थित हुन आग्रह गरेकाे हाे । साेहीअनुसार दुबै पक्षका सदस्य आज आयाेगकाे कार्यालय जाँदैछन् ।

यादव पक्षले पनि आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसद्सँग छलफल गरेकाे छ । उनीहरुलाई गोदावरी भिलेज रिसोर्टमा प्रशिक्षण समेत दिएको छ। आज पनि बैठक बसेर प्रशिक्षणमा सहभागी सबैलाई सिधै आयोग लैजाने यादव पक्षकाे तयारी छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्ष बलियो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस