यो मेरो तेस्रो बच्चा भन्दै करीनाले अल्ट्रासाउण्डको भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जाल तातियो

एजेन्सी। दुई सन्तानकी आमा बलिउड अभिनेत्री करीना कपूर खानले आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरेपछि सामाजिक संजाल प्रयोगकर्ताहरू अलमल्लमा परेका छन् । फोटोमा करीनाले अल्ट्रासाउन्डको रिपोर्ट हेरिरहेको देखिन्छ ।

यो फोटो देखाउँदै करीना के भन्न खोजेकी हुन भन्ने मानिसहरूले बुझ्न सकेका थिएनन् । तर, अब भने करीनाले भिडियो शेयर गर्दै त्यस विषयमा विस्तृत जानकारी दिएकी हुन् । उनले गर्भाधानदेखि जन्मसम्मको सबै दुःख, सुःख समेटेर किताब प्रकाशन गरेको उल्लेख गरेकी छिन् ।

दुई पटकको गर्भावस्थाका दिन स्मरण गर्दै करीनाले भिडियो साझेदारी गर्दै लामो स्ट्याटस लेखेकी छिन्, ‘यो मेरो यात्रा हो‘दुबै मेरो गर्भावस्थाको अनुभव बाइबिलले लेखेको छ ।

यी दिनहरू राम्रा र खराब दुवै दिनहरू थिए, केही दिन म काममा जान हतारमा भएको समयमाँ म ओछ्यानबाट बाहिर निस्कन संघर्ष गर्दै थिए। यो पुस्तक मेरो दुबै गर्भावस्थाको बखत मैले शा री रिक र भावनात्मक तवरले अनुभव गरेको कुराले भरिएको एक व्यक्तिगत विवरण हो।

किताबलाई करीनाले आफ्नो तेस्रो बच्चा (सन्तान) जस्तै भएको भन्दै डाक्टरहरुको सहयोगले प्रकाशन गर्न सम्भव भएको समेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस