पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने एमाले नेपाल पक्षका नेताको धारणा

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरूले सरकारमा सहभागिता बारे मिश्रित धारणा राखेका छन् ।एक पक्षले सरकारमा सहभागी हुनुपर्ने बताउँदा अर्को पक्षले सरकारमा सहभागी भएर पार्टीलाई प्रतिपक्षमा राख्न नमिल्ने बताएका छन् ।

आज बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आन्तरिक विवाद समाधान गरी पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् । केहीले अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।केन्द्रीय कमिटीमा सरकारको सहभागिता तथा पार्टी एकताबारे मिश्रित धारणा आएपछि अहिले फेरि स्थायी कमिटी बैठक शुरु भएको छ ।

ब्राउन सुगरसहित बर्दियाबाट २ जना पक्राउ
बर्दिया– ९ सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय सन्तोष भट्टराई र गुलरिया नगरपालिका– ७ का २२ वर्षीय अर्जुन सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी हेमबहादुर शाहीका अनुसार गुलरिया नगरपालिका स्थित गुलरिया–नेपालगञ्ज सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस