रिट्ठा जसले दम रोगदेखि माइग्रेनसम्म ठीक पार्छ, यूरोपमा यसको मुल्य प्रति केजी ५ सय यूरोसम्म

रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ ।

माइग्रेन माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । दम दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो प–यो भने पनि खोकी लाग्न थाल्छ ।

पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ । दिनमा दुईतीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेको रिट्ठाका बिउलाई तावामा भुटेर त्यसबराबर फिटकिरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् ।

आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ ।दिनमा दुईतीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेको रिट्ठाका बिउलाई तावामा भुटेर त्यसबराबर फिटकिरी मिसाएर पिस्नुस् ।
अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ । यस्तो हुँदा आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ ।

अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ र यसबेलामा हुने पीडाबाट राहत प्राप्त हुन्छ ।यूरोपमा रिट्ठाको माग बढ्दै गएको छ । जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्ने गरेको जनाइन्छ ।

यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ ।शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि युरोप, अमेरिकालगायत विश्वका ११ देशमा रिट्ठा निर्यात गर्दै आएको छ ।

नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा युरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ ।भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपाली रिट्ठा व्यवस्थित रुपमा निकासी गर्ने रणनीति अपनाएमा अन्तर्राष्ट्रिय बजारमा यसले विशेष स्थान पाउन सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस