ऋचाले छाडिन् ‘कमेडी च्याम्पियन २’ को होला नयाँ निर्णायक ?

अभिनेत्री ऋचा शर्मा कमेडी च्याम्पियन २ बाट बाहिरिने भएकी छिन् । आमा बन्ने दिन नजिकिँदै गरेकोले उनी च्याम्पियनबाट आउट भएकी हुन् ।लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक रहेका थिए । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो छाड्ने भएकी हुन् ।

बिहिबारको श्रृङ्खलामा उनी आफैले डाक्टरको सल्लाह बमोजिम रेस्टमा बसेको बताएकी हुन् । सिजन ३ मा आफू आउने कुरामा बिश्वस्त रहेको पनि उनले बताइन् ।

शोका निर्देशक विशाल भण्डारीका अनुसार, आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा नरहने विशालले बताए । ऋचा आफैले पनि शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् ।

ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् । यसपछि, अतिथी निर्णायकलाई कार्यक्रममा सहभागी गराइने विशालले बताए । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् । यसैले पनि उनले टप ५ मा शो पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस