डा. ऋषिराम कोइरालाको निधन

काठमाडौं । आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको निधन भएको छ । ६३ वर्षीय कोइरालाको उपचारका क्रममा आज (सोमबार) एक बजे ह्याम्स अस्पतालमा निधन भएको हो । आयुर्वेद हेल्थ होमका संस्थापक मेडिकल डाइरेक्टर कोइरालाको मृत्युले अपूरणिय क्षति भएको आयुर्वेद हेल्थ होमले जनाएको छ ।

डा. कोइरालालाई हृदयाघात भएपछि शुरुमा गंगालाल अस्पताल लगिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ह्याम्समा ल्याइएको थियो । आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार डा. कोइरालालाई पशुपतिमा दाहसंस्कार गरिने छ ।

यी हुन् कलेजो सफा पार्ने खानेकुराहरु
अंगुर, चुकन्दर र गाँजर अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ । यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ । त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।

ग्रीन टी– यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ । ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ । तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन ।

हरिया सागसब्जी – कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।

ब्रोकाउली र काउली– यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ । यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ। यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।

कागती र बेसार – सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ । बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ ।  बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ। यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ ।

प्रतिक्रिया दिनुहोस