बहिनीको घरबाट फर्किरहेकि थिइन् ६५ वर्षीय वृद्धा, नाबालिगहरुले गरे बलात्कार !

सिंगरौली । मध्य प्रदेशको सिंगरौलीमा एक ६५ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । बहिनीको घरबाट फर्किने क्रममा उनको ग्याङ रेप भएको हो । सिंगरौलीमा जयन्त प्रहरी चौकी क्षेत्रअन्तर्गत रेलवे क्रसिङमा १४ र १५ अगस्टको मध्ये रातमा पाँच जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलात्कार आरोपी पाँचै जना नाबालिग रहेका छन् ।

पीडित महिला घटनाको भोलिपल्ट प्रहरीकहाँ पुगेकी थिइन् । सुरुमा पाँच जना अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको थियो । साथै प्रहरीले पीडित महिलाले दिएको जानकारीका आधारमा आरोपीलाई पक्राउ गर्ने अभियान पनि सुरु गरेको थियो । जयन्त प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सोमबार रेलवे क्रसिङ नजिकै अपराधी खोज्ने कार्य सुरु गरिएकाे थियाे । त्यहाँ नजिकै काम गर्ने मानिसहरुले केही युवाहरुले शंकास्पद गतिविधि गरिरहेको देखेका थिए ।

उनीहरुको भनाइका आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । पीडितले नाबालिग बलात्कारी पहिचान गरिसकेकी छिन् । पक्राउ परेका दुई जनाले बाँकी तीन अपराधीको पनि खुलासा गरे । तर पाँचै जना नाबालिग भन्ने प्रहरीको दाबी भने झुटो ठहर भएको छ । अनुसन्धानका क्रममा चार जना नाबालिग र एक जना २४ वर्षको युवक संलग्न रहेको पुष्टि भएको हो ।

प्रहरीका अनुसार ती पाँचै जना रेलवे क्रसिङ आसपास बस्छन् । उनीहरु प्रायः त्यस क्षेत्रमा त्यस दिन पनि घुमिरहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले अपराधका क्रममा ती युवाहरुले मादक पदार्थ सेवन गरेको पाइएको पनि जानकारी दिएको छ । ती पीडित महिला सानाेतिनाे व्यापार गर्थिन् ।

प्रतिक्रिया दिनुहोस