फेरि ह्वात्तै घटयो सुनको मूल्य, कति छ आज थाहा छ ?

बुधवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

कलियुगको १३ तितो सत्य तथा मनछुने लाइनहरु

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १३ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १३ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. संगतले मान्छे बिग्रिन्छ रे, खोइ सुन्तलाको बोटमा संगै फलेको करेला गुलियो भयो भन्ने त कहिले सुनिएन त ।

२. संगत अनुसार कोहि परिवर्तन हुने भए त, हिमालमा सगै बसेका ढुंगा पनि पग्लिन्थ्यो होला ।

३. यो कलियुग हो, यहाँ घडी एउटालाई दिएर समय अर्कोलाई दिने चलन छ ।

४. आफु सुतेपछि संसारनै सुत्छ भन्नु अहंकार हो, आफुलाई शक्ति सर्वमान मान्नु नै अहंकार हो, यदि सफलता चुम्नु छ भने आफु सुतेपछि यो संसार चलिरहेछ भन्ने सोच्नुपर्दछ ।

५. केहि गुनासो छैन जिन्दगी संग, बस यस पछी चालिएका पाईलाहरु खास बनिदिउन् ।

६. हास्न पनि सिकाई दे जिन्दगी मलाई, किनकि रुन त जन्मिदै सिकेर आएको छु ।

७. निसासिन्छ जिन्दगी आफैभित्र आजभोली, सायद जलिरहेका सपनाहरुले होला ।

८. मानिसले ति दुइ व्यक्तिसंग कहिल्यै झुट बोल्न सक्दैन, पहिलो जो उसलाई असाध्यै प्रेम गर्छ अनि दोस्रो जसलाई उसले चाडै नै गुमाउदै छ ।

९. सानो छदा सबैले सोध्ने गर्थे कि, ठुलो भएर के बन्ने मन छ भनेर, जवाफ अहिले दिन मन लाग्छ, फेरी सानै हुन मन छ भनेर ।

१०. जिन्दगी पनि चन्द्रमा जस्तै भएको छ, हेर्दा राम्रो देखिन्छ तर एक्लै छ ।

११. उसले सोध्यो, हाम्रो सम्बन्ध किन पहिले जस्तो छैन ? मैले पनि हास्दै जवाफ दिए, हाम्रो सम्बन्धमा अहिले हामी हैन म मात्रै छु, त्यसैले होला ।

१२. माया त अभावमै मिठो हुन्छ । कहिले नेट नहुदा त कहिले भेट नहुदा ।

१३. पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस